याक एण्ड यती कप खेल्न पोखरेली जम्बो टिम काठमाण्डौतर्फ
पाेखरा | भदौ १८, २०७९
पोखरा । आइतबारदेखि काठमाण्डौमा शुरु हुने दोश्रो याक एण्ड यती कप भेट्रान्स टेनिस प्रतियोगितामा भाग लिन पोखरेली खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । कास्की जिल्ला टेनिस संघले शनिबार विहान पोखरा रंगशालामा एक समारोहका विच खेलाडीहरुलाई विदाई ग¥यो । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिकप गोदारले खेलाडीहरुलाई शुभ–कामना सहित खादा लगाएर विदाई गरेका हुन् ।
एक साता सम्म चल्ने प्रतियोगितामा ३५,४५,५५ र ६५ वर्ष माथि एकल तथा डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने छ । पोखराका २६ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका महासचिव नविन श्रेष्ठले जनाए । प्रतियोगितामा हरेक इभेण्टमा प्रथम हुने खेलाडीले आयोजक याक एण्ड यती होटलको तर्फबाट १ लाख २० हजार बराबरको १ वर्षको मेम्बरसिप कार्ड तथा द्वितिय हुने खेलाडीले ६ महिनाको मेम्बरसिप कार्ड पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको गत संस्करणमा कास्कीका चार खेलाडीले द्वितिय स्थान हाँसिल गरेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

